+
+

नेटफ्लिक्सले भारतमा रोक्यो पासवर्ड सेयरिङ सुविधा, नेपालमा के हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ४ गते १६:५८
नेटफ्लिक्स सिरिज ‘लस्ट स्टोरिज’को प्रिमियरमा उपस्थित कलाकारहरु तमन्ना भाटिया र विजय वर्मा

काठमाडौं । नेटफ्लिक्सले आफ्नो सबैभन्दा ठूलो बजार भारतमा बिहीवारदेखि पासवर्ड सेयरिङ सुविधालाई बन्द गर्ने निर्णय गरेको छ । भारतमा नेटफ्लिक्सका लाखौं ग्राहक छन् । यो नियमको उल्लंघन गर्नेहरुलाई इमेल पठाएर सचेत गराइने समेत उसले जनाएको छ ।

कम्पनीले कोभिड महामारीपछि गिरावट आएपछि राजस्व वृद्धि गर्ने उद्देश्यले विश्वभर पासवर्ड सेयरिङको सुविधा बन्द गरिरहेको छ । बीबीसीका अनुसार नेटफ्लिक्सको यो कदमपछि पछिल्ला केही महिनामा ग्राहक तीव्र रुपमा बढिरहेका छन् ।

बिहीबार विज्ञप्ति जारी गर्दै नेटफ्लिक्सले एउटा खाता एउटा घरपरिवारले प्रयोग गर्नका लागि तयार पारिएको र उक्त खाता सो परिवारको सदस्यले जहाँ भए पनि सुविधा लिन सक्ने उल्लेख छ । घरमा, हिंड्दा, छुट्टीमा घुम्दा र एकठाउँबाट अर्को ठाउँमा जाँदा उक्त परिवारको सदस्यले उक्त फाइदा लिन सक्ने नेटफ्लिक्सले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कम्पनीले विभिन्न प्रकारका नयाँ फिल्म र टिभी कार्यक्रममा ठूलो लगानी गरिरहेको छ । त्यसैले तपाईंको स्वाद, मुड वा भाषा जुनसुकै होस् र तपाईंले जोसुकैसँग हेरिरहनुभएको छ, त्यहाँ सधैं नेटफ्लिक्समा हेर्नका लागि केही सन्तुष्टि मिल्छ ।’ मे महिनामा स्ट्रिमिङ प्लेटफर्मले अमेरिका, बेलायत र फ्रान्स जस्ता प्रमुख बजारसहित धेरै देशमा पासवर्ड साझेदारीमा प्रतिबन्ध लगाएको थियो ।

यसले शुल्क भुक्तानी गर्ने ग्राहकलाई अतिरिक्त मासिक शुल्क तिरेर आफ्नो घरबाहिरबाट थप सदस्य समावेश गर्न अनुमति दिएको छ । यद्यपि यो सुविधा भारतमा अझै उपलब्ध छैन । नेटफ्लिक्सले महामारीपछि तीव्र मन्दीसँग संघर्ष गरिरहेको छ ।

नेपालमा भने आधिकारिक रुपमा नेटफ्लिक्सको उपस्थिति छैन । डलर एकाउन्टबाट नेपालीले खाता खोल्नुपर्ने भएपछि लागत महंगो पर्ने भएकाले नेपाली प्रयोगकर्ताले पासवर्ड सेयरिङ सुविधाअनुसार प्लेटफर्म चलाइरहेका छन् । यस्तो सुविधा बन्द गर्ने नेटफ्लिक्सको सूचीमा नेपाल समावेश नभएकाले नेपालको हकमा के हुने भन्ने टुंगो छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?