+
+

कैलालीमा बाघको छालासहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ५ गते ८:३६

५ साउन, धनगढी । कैलालीमा बाघको छालासहित दुई जना पक्राउ परेका छन् ।  बिहीबार जिल्लाको गोदावरी नगरपालिका–२ रिङरोडबाट बाघको छालासहित दुुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बैतडीको दोगडाकेदार गाउँपालिका–२ का ६५ वर्षीय देवसिंह विष्ट र  पाटन नगरपालिका–८ का ३० वर्षका हर्क बहादुर विष्ट रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुुख प्रहरी नायब उपरीक्षक(डीएसपी) गणेश बरालले जानकारी दिए ।

डीएसपी बरालकाअनुसार उनीहरुको साथबाट ६ फिट ११ इन्च लम्बाइ र २ फिट ४ इन्च चौडाइको बाघको छाला बरामद भएको छ । विशेष सूचनाका आधारमा संघीय प्रहरी इकाइ कार्यालय महेन्द्रनगर र इप्रका मालाखेतीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?