+
+

रोबर्ट ओपेनहाइमर : जब परमाणु बम बनाउने व्यक्तिले सुनाए गीताको श्लोक

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ५ गते १५:१६

सन् १९४५ जुलाई १६ को बिहानको त्यो समय । रोबर्ट ओपेनहाइमर नियन्त्रित बंकरभित्र बसेर त्यो पलको पर्खिरहेका थिए जसले दुनियालाई नै बदल्नेवाला थियो ।

त्यो बंकरभन्दा करिब ६ माइल अर्थात् करिब १० किलोमिटर टाढा न्यू मेक्सिकोको होर्नादा डेल मूएर्तोस्थित मरुभूमिमा विश्वकै पहिलो परमाणु बमको परीक्षण हुन गईरहेको थियो । उक्त परमाणु बम परीक्षणको कोननाम थियो, ट्रिनिटी ।

ओपनहाइमर थाकेका थिए । उनी बेचैन पनि देखिन्थे । उसै त उनी दुब्लोपातलो मान्छे त्यसमाथि ३ वर्षसम्म परमाणु बमको डिजाइन गरी बम निर्माण गर्ने म्यानहटन इन्जिनियर डिस्ट्रिक्टको वैज्ञानिक शाखाको रुपमा रहेको प्रोजेक्ट ब्वायमा परियोजना निर्देशक रहेपछि उनको सरीरको तौल घटेर ५२ किलोमा झरेको थियो ।

वजन निकै कम हुनाले अग्लो कदका ओपनहाइमर निकै दुब्लो देखिन्थे । त्यसरात उनी केवल ४ घण्टामात्रै सुत्न सके । आउने दिनको चिन्ता तथा सधै चुरोट पिउने लतका कारण खोकीको समस्या देखिनाले उनी रातको समयमा पनि धेरैजसो जागा नै रहन्थे ।

जब विस्फोट भयो…

रोबर्ट ओपनहाइमरको जीवनी लेख्ने इतिहासकारहरु काई बर्ड र मार्टिन जे शेर्विनले सन् १९४५ को उक्त दिन ओपनहाइमरको जीवनको सबैभन्दा निर्णायक क्षणमध्येको एक रहेको उल्लेख गरेका छन् ।

बर्ड र शेर्विनले अमेरिकन प्रोमेथियसको नामबाट ओपेनहाइमरको जीवनी लेखेका छन् । सोही पुस्तकको आधारमा ओपेनहाइमरको जिवनमा आधारित फिल्म ओपेनहाइमर निर्माण भएको छ, जुन शुक्रबार जुलाई २१ मा अमेरिकामा रिलिज हुँदैछ ।

बर्ड र शेर्विनका अनुसार परमाणु बम विस्फोटनको काउन्टडाउनको आखिरी मिनेटहरुमा सेनाका एक जर्नेलले ओपेनहाइमरको मूडलाई निकै नजिकबाट देख्ने अवसर पाएका थिए । ती जर्नेलले भनेका छन्, ‘ जब जब विस्फोटनको समय नजिकिँदै थियो डाक्टर ओपेनहाइमरको तनाव बढिरहेको थियो । त्यसबेला उनले निकै मुस्किलले सास फेरिरहेका थिए ।

अन्ततः जब विस्फोटन भयो त्यसले सूर्यको चमकलाई समेत धमिलो बनाइदियो । २१ किलोटिन टिएनटीको शक्तियुक्त त्यो विस्फोट मानिसले गरेको त्यसबेलासम्मको सबैभन्दा ठूलो धमाका थियो ।

विश्वकै पहिलो उक्त परमाणु बम विस्फोटनबाट तीव्र झट्का पैदा भयो जसलाई १ सय ६० किलोमिटर टाढासम्म महसूस गरिएको थियो ।

यत्रतत्र विस्फोटनको आवाज तथा विस्फोटपछिको कालो मुस्लोले आकाश ढाकेसँगै ओपेनहाइमरको अनुसारमा छाएको तनाव जरबजस्त रातमा परिणत भएको थियो ।

ओपेनहाइमरका साथी तथा सहकर्मी इसिडोर राबीले त्यसबेला केही टाढाबाट उनलाई देखेका थिए ।

राबी भन्छन्, ‘मैले उनको हिडाइँको शैलीलाई कहिल्यै पनि भुल्न सक्दिन । मेरो दिमागबाट त्यो तस्वीर कहिल्यै पनि मेटिँदैन । जब उनी कारबाट ओर्लिए उनको चाल देख्दा लाग्थ्यो कि उनी सातौँ आकाशमा छन् । उनी निकै कडा रुपमा हिँडिरहेका थिए । उनले त्यो किर्तिमानी जुन सफलतापूर्वक सम्पन्न गरेका थिए ।

गीताको श्लोक स्मरण

सन् १९६० को दशकमा दिएको एक अन्तरवार्तामा ओपेनहाइमरले आफ्नो त्यस प्रतिक्रियामा दार्शनिकताको एउटा जामा लगाइदिएका थिए । उनको दाबी अनुसार आणविक बम विस्फोट पश्चात् उनको मस्तिष्कमा हिन्दु धर्मग्रन्थ गीताको एक श्लोक याद आएको थियो ।

त्यसबेला उनले सम्झिएको गीताको श्लोकको बारेमा बताउँदै उनले भनेका छन्, ‘म अब काल हुँ जसले लोकको नाश गर्दछु।’

उनले गीताको ११ औँ अध्यायको ३२ औँ श्लोकको कुरा गरेका हुन् । जहाँ श्रीकृष्णले भनेका छन्, ‘कालस् अस्मि लोकक्षयकृत्प्रविद्धो लोकान्समाहर्तुमिह प्रवृत्तस् अर्थात जसको अर्थ हुन्छ म लोकको नाश गर्ने ठूलो काल हुँ ।

ओपेनहाइमरका साथीहरुका अनुसार परमाणु बम परीक्षण पछिका दिनहरुमा उनी निकै निराश देखिन्थे । त्यो बमबाट दुनियामा के हुनेवाला थियो भन्ने कुराको आभाष उनलाई थियो । त्यसैले उनी हरक्षण केही कुरामा सोँचमग्न भएर हराइरहन्थे ।

एकदिन उनले जापानी जनताको भविष्यका विषयमा चिन्ता व्यक्त गर्दै ती बिचरा साना गरिब मान्छेहरूसमेत भनेका थिए ।

तर परमाणु बम बनाउने उक्त परियोजनामा सेनाका आफ्ना मित्रहरुसँग एक बैठकका क्रममा चाहिँ उनले ती बिचरा गरिब मानिसहरुलाई पूर्ण रुपमा भुलिसकेका हुन् कि जस्तो लाग्थ्यो ।

बर्ड तथा शेर्विनका अनुसार त्यसबेला ओपेनहाइमरको पूरा ध्यान नै परमाणु बम खसाउनका लागि सबैभन्दा उपयुक्त अवस्था कस्तो हुनुपर्छ भन्नेतर्फ थियो ।

उनले भन्ने गर्दथे, ‘यसलाई वर्षा वा कुहिरोमा खसाउनु हुँदैन । धेरै उचाइँमा गएर विस्फोट हुन पनि दिन हुँदैन । यसमा लेखिएको आँकडा सर्वथा सही छ । बमलाई माथितर्फ जान दिनुहुँदैन नत्र त्यसभन्दा ठूलो नोक्सानी केही हुने छैन ।

उक्त पहिलो परमाणु बम परीक्षणको एक महिनाभन्दा कम समयभित्रै जापानको हिरोशिमा तथा नागासकीमा परमाणु बमको आक्रमण गरियो ।

जब ओपेनहाइमरले आफ्ना साथीहरुसँग उक्त सफलताको घोषणा गरे त्यहाँ रहेकामध्ये एकजनाले भने,’कँसेर आफ्नो हात माथि उठाउँदै मुठठी कँसे र हातलाई खुसीले हावामा उछाले । त्यो हेर्दा लाग्दथ्यो कि उनी कुनै एकजना केटा हुन् जसले भर्खरैमात्र ठूलो पुरस्कार जितेको छ । बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?