+
+

शिक्षा समन्वय इकाइ रुपन्देही प्रमुखको गाडी प्रहरी नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ६ गते १९:१७

६ साउन, बुटवल । रुपन्देहीको जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख दीपेन्द्र ढकाल सवार सरकारी गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिबार ढकाल शिक्षा समन्वय इकाइको बा २ झ १०१० नम्बरको सरकारी गाडी लिएर पाल्पाको नुवाकोट पुगेका राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक होमबहादुर थापाले बताए ।

नियन्त्रणमा लिएको गाडी जिल्ला प्रशासन कार्यालयमा बुझाइदिने र सरकारी दुरुपयोगको अभियोगमा प्रशासनबाटै कारवाही हुने जानकारी दिए ।

रुपन्देहीमा शनिबार सरकारी गाडी चलाउनुपरेमा प्रयोजन खुलाएर जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने नियम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?