+
+

मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ७ गते ९:०८

७ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै छ ।

आइतबार बिहान बस्ने सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेपछि गभर्नर महाप्रसाद अधिकारीले आजै सार्वजनिक गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

मौद्रिक नीतिमा नियामकीय नीतिभन्दा पनि बाह्य क्षेत्रमा भएको सुधारलाई कायम राख्ने गरी मौद्रिक उपकरणमा लचकता अपनाउन सक्ने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।

४ प्रतिशत रहेको सीआरआरलाई यथावत राख्दै घट्दो मुद्रा स्फीतिलाई मध्यनजर गर्दै नीतिगत दरलगायत ब्याजदर करिडोर अन्तर्गतका दरहरूलाई घटाउन सक्ने अवस्था रहेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।

राष्ट्र बैंकले सिथिल अर्थतन्त्रलाई केही चलायमान बनाउन मौद्रिक नीतिको कार्यदिशा केही खुकुलो बनाए पनि निजी क्षेत्रमा जाने कर्जा उच्च दरमा विस्तार गर्ने पक्षमा छैन । खस्कँदो कर्जाको गुणस्तरलाई मध्यनजर गर्दै कर्जा विस्तार भन्दा पनि असुली गर्नुपर्ने गभर्नर अधिकारीले बताउँदै आएका छन् ।

मौदि्रक नीतिले निजी क्षेत्रमा जाने कर्जाको विस्तार करिब १० प्रतिशतको नजिक हुने लक्ष्य लिनसक्ने स्रोतको दाबी छ ।

मौद्रिक नीति अगाडि गत शुक्रबार मात्रै अन्तर्राष्ट्रिय मुद्रा कोषको मिसनले गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेको थियो । आईएमएफले विस्तारित कर्जा सुविधा (ईसीएफ) को विषयमा छलफल गरेको राष्ट्र बैंकले दाबी गरे पनि छलफलमा मौदि्रक नीति लचिलो बनाएर बाह्य क्षेत्रमा दबाब बढाउने नीति नलिन दबाब दिएको स्रोतको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?