+
+

बैंक खातामै रेमिट्यान्स पठाउँदा एक प्रतिशत ब्याज थपको व्यवस्थालाई निरन्तरता

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ७ गते १४:३१

७ साउन, काठमाडौं । बैंक खातामै रेमिट्यान्स पठाउँदा थप एक प्रतिशत ब्याज पाइने व्यवस्थालाई नेपाल राष्ट्र बैंकले यथावत राखेको छ ।

आइतबार चालु आर्थिक वर्षको मौद्रीक नीति सार्वजनिक गर्दै केन्द्रीय बैंकले यस्तो व्यवस्थालाई निरन्तरता दिएको हो ।

‘बैंक तथा वित्तीय संस्थामा खाता खोली विप्रेषण पठाएमा कम्तीमा एक प्रतिशत थप व्याज दिने व्यवस्थालाई निरन्तरता दिइएको छ,’ केन्द्रीय बैंकले भनेको छ ।

यस्तो व्यवस्थाअनुसार नेपालमा रहेको बैंक खातामा रेमिट्यान्स रकम पठाउँदा बैंकमा रहेको भन्दा एक प्रतिशत बढी ब्याज सेवाग्राहीले पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?