+
+

बैंकविरुद्धका उच्छृङ्खल गतिविधिप्रति राष्ट्र बैंक कठोर, कारबाहीका लागि बैंकिङ कसुर ऐन संशोधन हुने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ७ गते १५:०८

७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ कसुर ऐनलाई संशोधन गर्न प्रक्रिया अगाडि बढाउने भएको छ । बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलनको नामम गैरव्यावसायिक गतिविधि बढेपछि राष्ट्रबैंकले त्यसलाई नियन्त्रण गर्ने गरी ऐन संशोधन अगाडि बाउन खोजेको हो ।

‘वित्तीय क्षेत्रको स्थायित्वलाई असर पुर्‍याउने गैर–व्यावसायिक तथा उच्छृङ्खल गतिविधिलाई समेत नियन्त्रण गर्न सहयोग पुग्ने गरी विद्यमान बैंकिङ कसुर ऐन, २०६४ मा समसामयिक संशोधन प्रक्रिया अगाडि बढाइने छ,’ आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा भनिएको छ ।

यस्तै, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी निगरानी राख्ने अन्तराष्ट्रिय निकाय ‘फाइनान्सियल एक्सन टास्क फोर्स ‘एफएटीएफ’ को एशिया प्यासिफक ग्रुप (एपीजी) ले गरेको नेपालको पारस्परिक मूल्याङ्‍कनबाट प्राप्त सुझाव समेतका आधारमा सम्पत्ति शुद्धीकरण निवारणसँग सम्बन्धित निर्देशनहरु पनि जारी गर्ने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित कानुनको समसामयिक परिमार्जन गर्न र राष्ट्रिय रणनीति तर्जुमा गर्न सहजीकरण गर्ने राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?