+
+

प्रधानमन्त्री प्रचण्ड इटालीमा, आज नेपाली समुदायसँग अन्तर्क्रिया गर्ने 

वसन्त रानाभाट वसन्त रानाभाट
२०८० साउन ७ गते १५:२३

७ साउन, बार्सिलोना । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटली आइपुगेका छन् । उनले इटालीको रोममा नेपाली समुदायसँग अन्तर्क्रिया गर्ने भएका छन् । संयुक्त राष्ट्रसंघको खाद्य प्रणाली सम्मेलनमा सहभागी हुन इटालीको रोम आइपुगेका प्रचण्डले नेपाली समुदायले आयोजना गर्ने दुई छुट्टाछुट्टै कार्यक्रममा सम्बोधन गर्ने भएका हुन् ।

नेपाली जनप्रगतिशील मञ्च स्पेनका अध्यक्ष विशाल ढुंगानाका अनुसार आइतबार साँझ प्रधानमन्त्रीले युरोपमा रहेका पार्टी निकट कार्यकर्ताहरुसँग अन्तर्क्रिया गर्दैछन् ।  ‘हामी जनप्रगतिशील मञ्च स्पेनको टोली रोम जादैछौं’, ढुंगानाले भने, ‘आज साँझ नेपाली जनप्रगतिशील मञ्च युरोपसँग आवद्व संगठनसँग प्रधानमन्त्रीले छलफल तथा भेटघाट गर्ने कार्यक्रम छ ।’

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इटालीले मंगलबार साँझ प्रधानमन्त्रीको स्वागतमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।  एनआरएनए इटालीका अध्यक्ष छविलाल कँडेलले  मंगलबार बेलुकी ६ बजेदेखि १० बजेसम्म स्वागत तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको बताए ।

‘नेपालले खाडी मुलुकहरूसँग श्रम सम्झौतामा जोड दिँदै आएको छ । अब नेपालले युरोपेली देशहरूमा पनि आवश्यक प्रक्रिया एवं पहलकदमी थाल्नुपर्छ । इटालीमा पनि त्यो सम्भावना देखिन्छ’, एनआरएनए अध्यक्ष कंडेलले भने, ‘हामी प्रधानमन्त्री समक्ष जोडदार माग राख्नेछौं।’

साउन ८ देखि १० गतेसम्म आयोजना हुने उक्त शिखर सम्मेलनका लागि प्रधानमन्त्री दाहालसहितको टोली आइतबार बिहान इटालीको रोम आइपुगेको छ ।

प्रधानमन्त्रीको भम्रणलाई सफल पार्न नेपाली राजदूतावास भियनाका राजदूत भरतकुमार रेग्मी लगायतको टोली शनिबारनै रोम पुगेको थियो । इटालीलाई नेपाली राजदूतावास स्वीट्जरल्याण्डले हेर्दै आएको भएपनि प्रधानमन्त्रीको भम्रणको व्यवस्थापन भने नेपाली राजदूतावास भियनाले गरेको छ ।

लेखकको बारेमा
वसन्त रानाभाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?