+
+

एक महिना रोकिएको कमेडी श्रृंखला ‘हल्का रमाइलो’को प्रसारण आजदेखि

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ७ गते १७:०२

काठमाडौं । एक महिना रोकिएको टेलिभिजन सिरियल ‘हल्का रमाइलो’को प्रसारण आइतबार बेलुकादेखि सुरु हुने भएको छ । दर्शकले बल्छी धुर्बेको शीर्ष भूमिका रहेको यो कमेडी श्रृंखलालाई हिमालय टेलिभिजनमा बेलुका ८ बजे हेर्न पाउनेछन् ।

त्यसपछि बल्छी धुर्बे युट्युबमा ९ बजे सिरियल स्ट्रिमिङ हुने जनाइएको छ । एक महिनापछि सिरियलको प्रसारण सुचारु हुन लागेकोबारे निर्देशक समेत रहेका मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले अनलाइनखबरसँग भने, ‘आज १८८ औं भाग आउनेछ । दर्शकले यसमा हाँसो र सन्देशले भरिएको कथा हेर्न पाउनुहुनेछ ।’

सिरियल निर्माताले उक्त एपिसोडको प्रसारणअघि बल्छी धुर्बे र शरद गिरीको ठट्यौलो तस्वीर सार्वजनिक गरेका छन् । जहाँ ‘काली बुढी’ले बल्छी धुर्बेलाई कुचो उठाउँदै लखेटेको देख्न सकिन्छ ।

हिमालय टिभीबाटै आउने बल्छी धुर्बेले अर्को सिरियल ‘जुठे’ आउन चाहिं केही समय लाग्ने जनाइएको छ । छायांकनका लागि उपत्यकाबाहिर जानुपर्ने भएकाले यो सामाजिक विषयवस्तुको सिरियल आउन केही समय लाग्ने निर्देशक समेत रहेका बल्छी धुर्बेले अनलाइनखबरलाई बताए ।

वान-एक्स बेट प्रकरणमा बल्छी धुर्बेसहितका ९ जना कलाकार तथा युट्युबरलाई प्रहरीले पक्राउ गरेको थियो । केही साताअघि अदालतको आदेशमा उनीहरु रिहा भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?