+
+

४ सय ३० जना विद्यार्थीलाई प्रमाणपत्र वितरण

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १४ गते ११:००

१४ साउन, भक्तपुर । भक्तपुरमा ८० विद्यालय र कलेजहरुका ४ सय ३० जना कम्प्युटर तालिम विद्यार्थीलाई एक समारोहबीच प्रमाणपत्र वितरण गरिएको छ ।

जिल्लाको इनाचोस्थित सीटीइभिटीबाट मान्यता प्राप्त निओ फ्युजन स्कूल अफ कम्प्युटरको १८औं वार्षिक उत्सवमा उनीहरुलाई प्रमाणपत्र वितरण गरिएको हो ।

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा संघीय सांसद प्रेम सुवालले प्रमाणपत्र वितरण गरेका हुन् ।

कार्यक्रममा सांसद सुवालले नयाँ पुस्तालाई नेपालमा नै राख्नको लागि यस्ता प्राविधिक शिक्षाको महत्वपूर्ण भूमिका हुने बताए । उनले आजभोली विद्यार्थीले शारीरिक सौन्दर्यलाई भन्दा पनि देश र जनताप्रति सेवाको भावनाका साथ काम गर्नुपर्ने बताए ।

त्यस्तै नयाँनयाँ प्राविधिक विषयको अध्ययन नेपालमा सम्भव गराउन ख्वपविश्वविद्यालयको आवश्यकता भएको उनले सुनाए ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका वडा नम्बर-७ का अध्यक्ष उकेश कवांले तालिममा सिकेका ज्ञान, सीप र कलाबाट उपयोग गरेर देश र समाजमा आफ्नो पहिचान कायम गर्न जोड दिए ।

निओ फ्युजन स्कूल अफ कम्प्युटरका निर्देशक बालकृष्ण बनमालाले कम्प्युटर तालिम मात्र नभई इन्स्टिच्युटले सिपमूलक तालिम निःशुल्क रुपमा दिँदै आएको जानकारी दिए ।
कार्यक्रममा निःशुल्क तालिम दिने प्रशिक्षकहरुलाई प्रशंसा पत्र प्रदान गरेको उनले बताए ।

हातमा सिप भए अरुको चाकरी वा जागिरको लागि भौतारिनुपर्ने अवस्था सृजना नहुने बनमालाको भनाई छ ।

तालिममा काठमाडौं उपत्यका, रामेछाप, काभ्रे, दोलखालगायत चितवन, झापा, पोखरा, मकवानपुर, धादिङ, कास्की, बाजुरा, स्याङजाका विद्यार्थीको सहभागिता थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?