+
+

युक्रेनका अन्न भण्डारमा रुसको निशाना, एक हप्ताको अवधिमा ६० हजार टनभन्दा बढी अन्न नष्ट

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ९ गते ७:३५

९ साउन, काठमाडौं । रुसले युक्रेनका अन्न भण्डारलाई लक्षित गरी आक्रमण गरेको छ । रुसले ओडेसा शहरको बन्दरगाह क्षेत्रमा ड्रोन हमला गरेको छ ।

करिब चार घण्टासम्म गरिएको आक्रमणबाट अन्न डिपोहरु नष्ट भएको र चार जना श्रमिक घाइते भएको बीबीसीले जनाएको छ ।

यसैगरी युक्रेनले रुसले कब्जा गरेको क्राइमियामा ड्रोन आक्रमण गर्दा दुई वटा भवनमा क्षति पुगेको छ ।

रुसले यही जुलाई १७ तारिखमा युक्रेनसँगको अन्न निर्यात सम्बन्धी सम्झौता रद्द गरेको घोषणा गरेको थियो । त्यसयता रुसले युक्रेनका अन्न डिपोहरुलाई निशाना बनाएर आक्रमण गर्दै आएको बीबीसीले जनाएको छ । अधिकारीहरुका अनुसार एक साताको बीचमा रुसको आक्रमणबाट ६० हजार टनभन्दा बढी अन्न नष्ट भइसकेको छ ।

यसअघि रुस र युक्रेनबीच लडाइँ जारी रहे पनि युक्रेनलाई ब्ल्याक सी हुँदै अन्न निर्यात गर्न दिन रुसले सहमति जनाएको थियो । युक्रेनले सूर्यमुखी, मकै, गहुँ र कोदो निर्यात गर्दथ्यो ।

युक्रेनको अन्नमा मध्यपूर्व र अफ्रिकाका धेरै देशहरु निर्भर रहन्छन् । तर अब रुसले विगतको सहमति रद्द भएको घोषणा गरेपछि त्यसको असर विश्वभर पर्न सक्ने अनुमान छ ।

सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गर्दै बन्दरगाहमा घेरा हालेपछि दुई करोड टन अन्न निर्यात हुन रोकिएको थियो । यसबाट विश्वभर खाद्यान्नको मूल्य वृद्धि भएको थियो । मध्यपूर्व र अफ्रकाका धेरै देशहरुमा खाद्य संकट पैदा भएको थियो । किनभने यी देश युक्रेनमा उत्पादित अन्नमा निर्भर छन् ।

लामो प्रयास तथा टर्की र संयुक्त राष्ट्र संघको मध्यस्थताबाट गत वर्ष जुलाईमा लडाइँ जारी रहे पनि रुस र युक्रेनबीच अन्न निर्यात गर्न दिने सम्झौता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?