+
+

दोस्रो दिन पनि नेप्सेमा उच्च अंकको गिरावट, कारोबार रकम झण्डै ३ अर्ब

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ९ गते १५:२०

९ साउन, काठमाडौं । लगातार दोस्रो दिन पनि सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको दिन बढेको बजार त्यसपछि भने निरन्तर घटिरहेको छ । मंगलबार ३६.१९ अंकले घटेको बजार २१६४.२१ अंकमा झरेको छ ।

मंगलबार होटल र पर्यटन उपसूचकबाहेक सबै उपसूचकहरुको मूल्य घटेको छ । मंगलबार २६७ धितोपत्रको ५३ हजार ५७० कारोबारबाट ७७ लाख १६ हजार २७७ कित्ता सेयर किनबेच भएको छ । २ अर्ब ९१ करोड ७ लाख ३२ हजार रुपैयाँको कारोबार भएको छ ।

घट्दो बजारमा पनि किसान लघुवित्त वित्तीय संस्थाको कारोबार सकारात्मक सर्किट लेवलमा भएको छ । सिटी होटल, रिभर फल्स, यूनिलिभरसहितका धितोपत्रको धेरैले मूल्य बढेको छ ।

नबिल डिभेञ्चर, बीपीडब्लू लघुवित्त, सानिमा डिभेञ्चर, सिटिजन्स बैंकसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ । सोल्टी होटल, शिवम् सिमेन्ट, ग्लोबल आईएमई, एभरेष्ट बैंक, कुमारी बैंकसहितका धितोपत्रको धेरै कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?