+
+

कांग्रेसको बैठक भारदारी सभाजस्तो : गुरुराज घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ९ गते १६:१८

९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक भारदारी सभाजस्तो भएको टिप्पणी गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरु र नेपाली कांग्रेसको दायित्व विचार गोष्ठीमा उनले बैठकमा केन्द्य्रीय सदस्यहरुले सभापतिको चाहना अनुसार मात्र बोलेको बताए ।

‘केन्द्रीय कार्यसमितिमा जति गम्भीरता हुनुपर्ने त्यति गम्भीरता मैले देखिनँ । केन्द्रीय कार्यसमितिको बैठक कता कता मलाई लाग्यो माफ गर्नुहोला । मलाई भारदारी सभाजस्तो लाग्यो । महाराजको इशारा जता छ, त्यतैतिर आवाजहरु आउँछन् । त्यतैतिर अभिव्यक्ति आउँछन् । नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो ।… तर जता पार्टी सभापतिले इशारा गर्नुहुन्छ, त्यतै बोल्ने मैले देखेँ’, उनले भने ।

नेता घिमिरेले कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणको नाम नलिई उनी आफ्नै कर्मका कारण दुःखमा परेको भन्दै केन्द्रीय सदस्यले दुःख र कर्म पनि छुट्याउन नसकेको बताए ।

‘केन्द्रीय समितिका साथीहरुले दुःख र कर्मको भेद नै छुट्याउनुभएन । दुःख पर्‍यो भनिदिनुभयो । कर्मका कारण राज्यको जिम्मेवारीमा गएको व्यक्ति आफ्नै कर्मका कारण मुद्दाको पात्र बन्छ भने त्यसलाई दुःख मानिदैन । त्यो कर्म हो । उहाँकै कर्मले हो’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?