+
+

महिला विश्वकप फुटबलमा जापानको लगातार दोस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १० गते १३:५४

१० साउन, काठमाडौं । अष्ट्रेलिया र न्युजिल्याण्डमा भइरहेको महिला विश्वकप फुटबलमा जापानले लगातार दोस्रो जित हात पारेको छ ।

बुधबार न्युजिल्याण्डको डुनेदिनमा भएको खेलमा जापानले कोस्टारिकालाई २-० ले हरायो । जापानका लागि हिकारु नाओमोतोले २५औं र आओबा फुजिनोले २७औं मिनेटमा गोल गरिन् ।

यो जितपछि जापानले अन्तिम १६ मा पुग्ने समभावना बलियो बनाएको छ । जापानले पहिलो खेलमा जाम्बियालाई ५-० ले पराजित गरेको थियो ।

लगातार दोस्रो जितपछि जापान समूह सी मा ६ अंक जोडेर शीर्ष स्थानमा छ ।

यसै समूहको अर्को खेलमा स्पेनले जाम्बियासँग कम्तीमा एक अंक लिएमा जापान नकआउट चरण पुग्ने पहिलो टिम हुनेछ ।

यदी स्पेनले जाम्बियालाई पराजित गरेमा भने जापान र स्पेन समूहको अन्तिम खेल खेल्नुअघि नै नकआउट चरणमा पुग्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?