+

श्रीलंकाली क्लब ब्लूमफिल्डसँग नेपाल ६ विकेटले पराजित

२०८० साउन  १० गते १७:३५ २०८० साउन १० गते १७:३५
श्रीलंकाली क्लब ब्लूमफिल्डसँग नेपाल ६ विकेटले पराजित

१० साउन, काठमाडौं । श्रीलंकामा एसिया कपको तयारी गरि रहेको नेपाली क्रिकेट टोलीले आज पहिलो अभ्यास खेल मा नेपालले श्रीलंकाको स्थानीय टोली ब्लूमफिल्ड क्रिकेट एण्ड एथ्लेटिक क्लबसँग ६ विकेटले पराजित भएको छ ।

नेपालका लागि आजको खेलमा सोमपाल कामीले टिमको कप्तानी सम्हालेका थिए । नेपालले  ब्लूमफिल्डकै मैदानमा टस जितेर ब्याटिङ रोजेको थियो । टस जितेर ब्याटिङ रोजेको नेपाल ४३.४ ओभरमा १९७ रन बनाउँदै अलआउट भएको हो ।

नेपालले दिएको १९८ रनको लक्ष्य ब्लूमफिल्डले २४.३ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो । ब्लूमफिल्डका लागि हसिता बोयागोडाले ५३ बलमा ७ चौका र ७ छक्कासहित ९० रनको आक्रमक इनिङ खेले । उनी प्रतिश जि.सीको बलमा अर्जुन साउदबाट क्याच आउट भए ।

ओपनर सानदुन विराकोडी २२ बलमा ५ चौका र १ छक्कासहित ३१ र असिथा वानिनायाके १ रनमा आउट भए । अशान फेनान्डो ५४ बलमा ६ चौका र २ छक्कासहित ५६ रनमा अविजित रहे ।

नेपालका स्पिनर सूर्य तामाङले ६ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए । प्रतिश जि.सीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि, पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर अर्जुन साउद बाहेक कुनैपनि ब्याटरको प्रदर्शन सन्तोषजनक रहेन । साउदले १ सय १३ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ७९ रनको योगदान दिए । आजको खेलमा देव खनाल र विकेटकिपर अर्जुन साउद ओपनर जोडी बनेका थिए ।

ओपनर देव खनाल ३४ बलमा २२ रन बनाए । पहिलो विकेटका लागि देव खनाल र अर्जुन साउदले ३८ रनको साझेदारी बनाएका थिए । तेस्रो क्रममा आएका बाँया हाते ब्याटर गुल्सन झाले अर्जुनसँग ३७ रनको साझेदारी बनाए । उनले २५ बलमा ९ रन मात्रै जोडे ।

सन्दीप जोरा २७ बलमा २ चौका र १ छक्कासहित ३१ रनमा आउट भए  । त्यसपछिका कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका कुशल मल्ल ३, पवन सरार्फ १०, सोमपाल कामी ११, प्रतिश जि.सी १६ र करण केसी ११ रनमा आउट भए ।

ब्लूमफिल्डका मलिन्डा परेरा, दिनेश समराविक्रमा, निमेश थारुणु र विनिनायाकेले समान दुई विकेट लिए ।

नेपालले दोस्रो अभ्यास खेल शुक्रबार तमिल युनियनसँग खेल्ने भएको छ । दोस्रो खेल पी सारा ओभरलमा नै हुनेछ ।

एसिया कप क्रिकेट नेपाली क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय