+
+

माल्टा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १० गते १९:४६

१० साउन, काठमाडौ ।  माल्टा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका-७ घर भई हाल भक्तपुरको सूर्यविनायक  बस्‍ने ३१ वर्षीय मौसम मग्राती रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काँडाघारीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको  अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?