+
+

हिमालय रोडिजसँग जोडिए सुशान्त खत्री

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ११ गते १३:००

काठमाडौं । डान्सर सुशान्त खत्री हिमालय रोडिज सिजन-५ सँग जोडिएका छन् । रोडिजले आधिकारिक सामाजिक सञ्जालको ह्यान्डलबाट टिजर सार्वजनिक गर्दै यसबारे जानकारी दिएको छ ।

उनले प्रतिस्पर्धी भएर रोडिज ज्वाइन गरेका हुन् या होइनन् भन्नेबारे खुलाइएको छैन । यद्यपि यसबारे संकेत गरिएको छ । रोडिजले लेखेको छ, ‘उत्साहपूर्ण समाचार, सुपरस्टार डान्सर सुशान्त खत्री हिमालय रोडिजसँग जोडिएका छन् । के उनले प्रतिस्पर्धीको रुपमा भाग लिन लागेका हुन् । पक्कै पनि यसको उत्तरले तपाईंलाई चकित तुल्याउने छ ।’

सुशान्तलाई भिडियोमा प्रस्तुत गर्दै रोडिजले टिजर सार्वजनिक गरेको हो । जसमा सुशान्त र निर्देशक सिमोस सुनुवारलाई एकसाथ देख्न सकिन्छ । साथै, रोडिज स्क्रिप्टेड नरहेको भन्दै सहभागीको घाउचोटको दृश्यलाई पनि दर्शाइएको छ ।

हिमालय रोडिजको पाँचौं सिजनको प्रसारण साउन १५ गतेदेखि हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?