+
+

मौद्रिक नीतिपछिको सेयर बजारको ओरालो यात्रा रोकिएन  

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ११ गते १५:३०

११ साउन, काठमाडौं । आर्थिक वर्ष (आव) २०८०/८१ को मौद्रिक नीति सार्वजनिक भएयता लगातार चौथो दिन पनि सेयर बजार ओरालो लागेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार २९.७१ अंकले घटेर २१२६.४८ विन्दुमा आएर रोकियो । यो १.३७ प्रतिशतको गिरावट हो ।

नेपाल राष्ट्र बैंकले आइतबार मौद्रिक नीति सार्वजनिक गरेको हो । सो दिन बढेको बजार त्यसयता भने लगातार घटेर यो साताको कारोबार अन्त्य भएको छ । बिहीबार २७१ धितोपत्रको ४४ हजार ६७२ वटा कारोबारबाट ६२ लाख ७१ हजार ७७७ कित्ता सेयर किनबेच भएको छ ।

बिहीबार कारोबार रकम २ अर्ब ४२ करोड ५७ लाख ८० हजार ५६४ रुपैयाँ बराबर भएको छ । बिहीबार सबै उपसूचक ओरालो लाग्दा राताम्य देखिए ।

एनआइसी एसिया फ्लेक्जी क्याप फण्ड, मनकामना स्मार्ट लघुवित्त, इमर्जिङ नेपाल, अभियान लघुवित्तसहितका धितोपत्रको मूल्य बिहीबार धेरैले बढेको छ ।

किसान लघुवित्त, प्रोग्रेसिभ फाइनान्स, माइ खोला हाइड्रो, मिथिला लघुवित्त, बरुण हाइड्रोसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ । शिवम् सिमेन्टको धेरै कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?