+

एसियन गेम्सको महिला फुटबलमा नेपाल र जापान एउटै समूहमा

२०८० साउन  ११ गते १५:३६ २०८० साउन ११ गते १५:३६
एसियन गेम्सको महिला फुटबलमा नेपाल र जापान एउटै समूहमा

११ साउन, काठमाडौं । चीनको हान्झाउमा हुने १९औं एसियन गेम्स अन्तर्गत महिला फुटबलमा नेपाल कठिन समूहमा परेको छ । बिहीबार भएको ड्र अनुसार नेपालले समूह चरणमा विश्व विजेता बनिसकेको जापानसँग खेल्नुपर्नेछ ।

नेपाल रहेको समूह डी मा जापानसिँगै भियतनाम र बंगलादेश छन् । नेपालले पछिल्लो पटक भियतनाम र बंगलादेशसँग खेलेको थियो । केही दिनअघि ढाकामा भएको बंगलादेशसँगको दुई मैत्रीपूर्ण सिरिज नेपालले जितेको थियो ।

पेरिस ओलम्पिक अन्तर्गत महिला फुटबल एसियन छनोट पहिलो चरणमा नेपालले भियतनामसँग दशरथ रंगशालमा दुई खेल खेलेको थियो । जसमा नेपाल भियतनामसँग ५-० र २-० ले पराजित भएको थियो ।

एसियन गेम्स महिला फुटबलमा कूल १९ राष्ट्रले सहभागिता जनाएका छन् । ड्र अनुसार तीन समूहमा तीन-तीन टिम र दुई समूहमा चार-चार टिम छन् । पाँच वटै टिमको बिजेता र उत्कृष्ट तीन उपबिजेता टिम क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।

नेपाली महिला फुटबल टिमले पहिलो पटक एसियन गेम्स खेल्न लागेको हो । त्यसका लागि महिला टोली अहिले प्रशिक्षण गरिरहेको छ ।

एसिएन गेम्स महिला फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय