+
+

लम्पी स्किन खोपको व्यवस्था गर्न लुम्बीनी राप्रपाको माग

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ११ गते १६:५६

१२ साउन,बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनी प्रदेश समितिले लम्पी स्किन रोगबाट पशु चौपायालाई बचाउन समयमै खोपको व्यवस्था गर्न माग गरेको छ ।

राप्रपा लुम्बिनीका अध्यक्ष प्रदीपकुमार उदयले विज्ञप्ति जारी गर्दै लम्पी स्किन खोपको अभावले प्रदेशमा करोडौं मूल्य बराबर पशु चौपायाको मृत्यु र विरामी भएको भन्दै यथाशीघ्र खोप व्यवस्था गर्न माग गरेका छन् ।

लुम्बिनी प्रदेश पशुपन्छी निर्देशनालयका अनुसार प्रदेशमा १ लाख १८ हजार पशु संक्रमित मध्ये २३ हजार ९ सय २७ पशु निको भएका, ८८ हजार ९ सय ८४ सक्रिय संक्रमित रहेका र ५ हजार ८९ पशुको मृत्यु भएको छ ।

अहिले प्रदेश सरकारले आकस्मिक कोषको बजेटले खोप खरिद गरेर जिल्ला जिल्ला पठाएको छ । अहिलेसम्म प्रदेशका १२ जिल्लामध्ये बर्दिया र पूर्व रुकुमबाहेक १० जिल्लामा २१ हजार ७ सय २१ खोप लगाइएको छ ।

खोप व्यवस्थापनको लागि ५ करोड रुपैयाँ प्रदेश सरकारसँग माग गरिएको निर्देशनालयका निर्देशक डा. परबेज आलमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?