+
+
Shares

भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षमा सरकार दृढ छ : उपप्रधानमन्त्री खड्का

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १३ गते २०:४२

१३ साउन, काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा दृढ रहेको बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ को क्षेत्रीय सम्मेलनमा शनिबार उनले भ्रष्टाचार नियन्त्रण र सुशासनको कामलाई सरकारले अभियानकै रुपमा अघि बढाउने धारणा राखे । ‘सरकारले केही कामको सुरुआत गरेको छ, खासगरी भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षमा दृढताका साथ अघि बढ्दै सरकारले जनताले अनुभव गर्ने गरी काम गर्नेछ’ उपप्रधानमन्त्री खड्काले भने ।

विकास निर्माणका ढिलासुस्तीदेखि पुँजीगत खर्च न्यून हुने अवस्था अन्त्यका लागि सरकारले कठोर कदम चाल्ने समेत उनले बताए । नागरिकले दैनिक सेवा लिने ठाउँलाई व्यवस्थित सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउनु सरकारको उच्च प्राथमिकता रहेको पनि खड्काले बताए । उपप्रधानमन्त्री खड्काले गलत काम भए खुलारुपमा आलोचना गर्न र सुधारका लागि सुझाव दिन समेत आग्रह गरे ।

कांग्रेस उपसभापतिसमेत रहेका खड्काले पार्टीका नेता तथा कार्यकर्तालाई सधैँ साथमा लिएर हिँड्न र हरेक काममा खटिनेहरुलाई सम्मान गरेर पार्टी रुपान्तरण गर्न सकिने बताए ।

कांग्रेस रुपान्तरणको नाममा हल्लामात्र गर्न नहुने भन्दै उनले भने, ‘देश र जनताप्रति इमानदार भएर काम गरौँ, पारदर्शी बनौँ । बोली र गराइमा एकरुपता ल्याऔँ, जनताको घर दैलोमा पुगौँ, जनतालाई मालिक मानेर काम गरौँ ।’

नयाँ तथा पुराना कुनै पनि राजनीतिक दललाई गाली नगर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका खड्काले भने, ‘राम्रो काम गरौँ, पारदर्शी बनौँ, पार्टीलाई एकतावद्ध गरी जनताको घर दैलोसम्म पुगौँ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?