+
+

मेन्स ग्रुमिङ  : चल्तीमा छन् यी ५ हेयर स्टाइल

लक्ष्मी ठाकुर, हेयर स्टाइलिस्ट लक्ष्मी ठाकुर, हेयर स्टाइलिस्ट
२०८० साउन १४ गते १७:५७

कपालले अनुहारको सुन्दरतालाई थप आकर्षक बनाउने काम गर्छ । तर कपाल हुने बित्तिकै अनुहार आकर्षक भने देखिंदैन । त्यसलाई मेन्टेन गरी स्टाइल दिन जान्नुपर्छ ।

चाहेको जस्तो रुपरेखा दिएर हेयरस्टाइल अनुहार अनुसारको थरीथरीको बनाउन सकिन्छ । आजभोलि  हरकोही पुरुष ट्रेन्डमा भएका हेयरस्टाइल अपनाएर ट्रेन्डी देखिन चाहन्छन् । तर  कस्तो अनुहारका लागि कस्तो हेयर स्टाइल सुहाउँछ भन्ने हेक्का नहुँदा चाहेअनुरुपको अनुहार खुल्न पाउँदैन । यद्यपि, अहिले चलेका ५ स्टाइलबारे जानकारी भयो भने निर्धक्क भएर स्टाइलिस र स्मार्ट देखिन सकिन्छ ।

चल्तीका पुरुषको हेयर स्टाइलबारे चर्चा गरौं ।

ब्यालेन्स हेयर स्टाइल

यो हेयर स्टाइलले पुरुषमा फर्मल लुक्स दिन्छ । चाहे पार्टी होस् या अफिसियल काम, मिटिङ जस्तोसुकै समारोहमा पनि टिपटप बन्नका लागि यो हेयर स्टाइल प्राय:को रोजाइमा पर्छ । यसमा कान वरपर पातलो र टाउकोको अगाडिको भागमा मध्यम कपाल राखिएको हुन्छ ।

कतै तयार भएर जाँदा विशेष केही गर्नु पर्दैन, अगाडिको कपाललाई राउण्ड ब्रसले दायाँ वा बायाँ कोरे पुग्छ । यो हेयरस्टाइल ३० वर्षदेखि ५० वर्षसम्मको पुरुषको लागि राम्रो देखिन्छ । यो हेयरस्टाइल गोलो र स्क्वायर अनुहारका लागि उपयुक्त हुन्छ । यद्यपि, लामो अनुहारको लागि भने यो हेयरस्टाइलले अनुहार झनै लामो देखाउने हुँदा त्यति उपयुक्त नहुन सक्छ ।

लो फेड हेयरस्टाइल

लो फेड अहिले चलनचल्तीमा रहेको हेयरस्टाइल हो । यो हेयरस्टाइल बिजनेस म्यान, कार्यालयका कर्मचारी वा केजुएलमा पनि राम्रो देखिन्छ । जसकारण धेरैको रोजाइमा पर्छ । यो हेयरस्टाइल कानको माथि एक इन्चसम्म कपाल एकदमै पातलो बनाइन्छ । र, माथिको भागको कपाललाई हल्का मिलाएको हुन्छ । यसले ‘कुल’ देखाउनुका साथै हेयरस्टाइल राख्न सहज पनि हुन्छ । त्यसैले कतै तयार भएर जाँदा हलका सेरम लगाएर हातको औंलाले चलाएर कपाल मिलाउन सकिन्छ ।

यो प्राय: राउण्ड र स्केवार्ड फेसलाई सुहाउँछ । यस्तो हेयरस्टाइलले अनुहारलाई लामो देखाई स्मार्ट लुक दिन्छ ।

हाइ फेड हेयरस्टाइल

हाइ फेड हेयरस्टाइल र लो फेड हेयरस्टाइल हेर्दा उस्तै हो । तर फरक के छ भने यसमा कानभन्दा धेरैमाथिसम्म काटिएको छ । कानभन्दामाथि दईदेखि तीन इन्चसम्म पातलो बनाइएको हेयरकट गरेर स्टाइलिस लुक दिइन्छ । र, माथि उस्तै हुन्छ ।  यो २५ वर्षमुनिका युवकहरुका लागि उत्कृष्ट हेयरस्टाइल हो । यो हेयरस्टाइल बनाउने युवाहरुको एक किसिमको जमात नै छ ।

अन्डरकट हेयरस्टाइल

विश्वमै ट्रेन्डमा रहेको चर्चित हेयरस्टाइलमध्ये एक हो  अन्डरकट हेयरस्टाइल । रफ एण्ड टफ देखिन मन छ तर कस्तो हेयर स्टाइल बनाउने भन्ने दुविधामा हुनेको लागि यो हेयरस्टाइल राम्रो हुन सक्छ ।

यो हेयरस्टाइलमा दुवै कानमाथिको आधा भाग पूरै खौरिएर मिहिन रुपमा छोट्याइन्छ । र, अगाडिको कपाल सर्लक्क पछाडि मोडिन्छ । इङ्ल्याण्डका फुटबलर डेभिड वेक्याह्याम यो हेयर स्टाइलमा प्रस्तुत भएपछि युवाहरुले यसलाई पछ्याएका थिए । यसलाई ‘मग स्टाइल’ समेत भनिन्छ ।

एडगर हेयरस्टाइल

अगाडिको सिधा छोटो र पछाडिको कपाल खौरिनुलाई एडगर हेयरस्टाइल भन्ने गरिन्छ । कपाल पनि झरिरहेको छ तर स्टाइलिस लुक दिन चाहनेका लागि यो हेयरस्टाइल फिट हुन सक्छ ।

विश्वव्यापी रुपमै रुचाइएको यो हेयर स्टाइल राख्न पनि सजिलो र प्राय: सबै प्रकारको अनुहार आकृतिलाई सुहाउने हुँदा यसको लोकप्रियता बढी छ ।

(ठाकुर लक्ष्मी हेयर एण्ड ब्युटी स्टुडियोका सञ्चालकसमेत हुन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?