+
+

हिमालय रोडिज सिजन-५ को प्रसारण आजदेखि

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १५ गते ११:४३

काठमाडौं । हिमालय रोडिज सिजन–५ को प्रसारण आजदेखि सुरु हुँदैछ । दर्शकले हिमालय टिभी एचडीमा राति ८ बजेदेखि यो साहसिक रियालिटी शोको नयाँ श्रृंखला हेर्न पाउनेछन् ।

‘पावर अफ फाइभ’को थिममा निर्माण भएको यसपटकको रोडिजलाई सुरज सिंह ठकुरीले होस्ट गर्दैछन् । प्रियंका कार्की ग्याङ लिडरको रुपमा जोडिएकी छन् । र्‍यापर आशिष राना लाउरे, अभिनेता अनुपविक्रम शाही र अभिनेत्री दीया मास्के ग्याङ लिडरको रुपमा छन् ।

शोका निर्देशक सिमोस सुनुवारले सिजन ५ मा कार्यक्रमको संरचनामा केही परिवर्तन गरी पाँच जना ग्याङ लिडरको टिमबीच रोचक प्रतिस्पर्धा गराइएको बताए । उनका अनुसार यसपटकको संस्करणमा अघिल्लाभन्दा भिन्न टास्कमा प्रतिस्पर्धा गराइनेछ । ‘दर्शकले नयाँ टास्क र संरचनामा यसपटक रोडिज देख्न पाउनुहुनेछ,’ सुनुवारले भने, ‘स्वभाविक रुपमा अघिल्लाभन्दा यसपटक रोडिज भिन्न हुनेछ । रोडिजको निर्देशन मैलेभन्दा अर्कोले राम्रो गर्न सक्छ जस्तो लाग्दैन ।’

हरेक सिजनलाई अघिल्लोभन्दा राम्रो बनाउनुपर्ने चुनौती रहेको र रोडिजका अघिल्ला श्रृंखलाभन्दा यसमा ‘एक्स्ट्रिम टास्क’ समावेश हुने उनले बताए । डिजिटल अडिसनमा चार हजार ४०० र फिजिकल अडिसनतर्फ एक हजार ११६ जना सहभागी भएका थिए । एमटीभी इन्डियाको फर्म्याटमा आधारित भएर हिमालय रोडिजले २०७५ सालदेखि नेपालमा प्रसारण थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?