+
+

१६ औं योजना महत्त्वाकाङ्‍क्षी बन्दैन : उपाध्यक्ष श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १५ गते १३:४५

१५ साउन, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले १६ औं योजना महत्त्वाकाङ्‍क्षी नभई यथार्थपरक बन्ने बताएका छन् ।

सोमबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्य समितिमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिंदै उपाध्यक्ष श्रेष्ठले हासिल हुने यथार्थपरक योजना बनाइने बताएका हुन् ।

उनले कोभिड-१९ महामारी, रुस–युक्रेन युद्ध लगायत विविध कारणले १५औं योजनाको लक्ष्य पूरा हुन नसकेको बताए । १६ औं योजना भने पूरा हुने लक्ष्य मात्रै राखिने उनले बताए ।

चौधौं योजनाका धेरै लक्ष्यहरु पूरा भएको भन्दै उनले १६ औं योजनाको तयारीमा पनि धेरै अध्ययन गरेर यथार्थपरक मात्रै लक्ष्यहरु राखिने उनले बताए ।

योजनाको डकुमेन्ट्स पनि यसपटक भद्दा नहुने भन्दै उनले भने, ‘हामी सबैले पढ्न मिल्ने सरल र सहज डकुमेन्ट्स बनाइनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?