+
+

लगातार ५ दिन घटेपछि नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम निरन्तर ओरालो

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १५ गते १५:३५

१५ साउन, काठमाडौं । मौद्रिक नीतिपछि लगातार ५ कारोबार दिन गिरावट भएको नेप्सेमा छैटौं दिन भने एकले अंकको सामान्य वृद्धि भएको छ । गत आइतबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेसँगै ६३ अंकले बढेको नेप्से त्यसयताको ५ कारोबार दिनमा १२७ अंकको गिरावट भएको थियो । तर, सोमबार भने नेप्सेमा एकल अंककमे वृद्धि भएको हो ।

सोमबार बजार परिसूचक नेप्से ५.८४ अंकले वृद्धि हुँदा २१०६.१८ को विन्दुमा बन्द भएको छ । गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्ने समयमा वाणिज्य बैंकमा लगानीकर्ताको आकर्षण देखिएको छ । सोमबार नेप्सेमा १३ वटा उपसूचक मध्ये व्यापार उपसूचक सर्वाधिक १.९७ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक १.२६ प्रतिशतले बढेको छ । यस्तै बजारलाई लिग गर्ने बैंकिङ उपसूचक पनि ०.७४ प्रतिशले बढेको हो ।

यता हाइड्रोपावर, लघुवित्त र म्युचुअल फण्ड उपसूचकमा भने गिरावट भएको छ । हाइड्रोपावर उपसूचक सर्वाधिक ०.३७ प्रतिशतले गिरावट हुँदा लघुवित्त उपसूचक ०.१० प्रतिशत र म्युचुअल फण्ड उपसूचक ०.०५ प्रतिशतले घटेको छ ।

सूचीकृत कम्पनीले गत आर्थिक वर्षका वित्तीय विवरण सार्वजनिक गर्ने समय भएकोले लगातीकर्ता पर्ख र हेरको अवस्थामा छन् । जसेले बजारमा कारोबार रकम घटेर २ अर्बबाट तल झरेको छ । मौद्रिक नीति आएको गत सातको आइतबार र सोमबार लगातार ४ अर्ब माथिको कारोबार भएको बजारमा मंगलबारदेखि कारोबार रकम घट्दै गएको थियो । कारोबार रकम घट्दो भएपनि १४ साउन आइतबार साढे २ अर्बमाथिको कारोबार भएको थियो । तर, सोमबार भने नेप्सेमा ४० हजार ३०३ वटा कारोबारमा ५५ लाख ३१ हजार ७३१ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ८५ करोड ८० लाखको कारोबार भएको छ ।

जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ८ करोड ९ लाखको कारोबार हुँदा सोल्टी होटलको ५ करोड ४८ लाख रुपैयाँ र एशियन लाइफ इन्स्योरेन्सको ४ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार नेप्सेमा कुल २१७ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा १११ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । त्यस्तै ९९ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ९ कम्पनीको सेयरमूल्य भने स्थिर छ । सोमबार कारोबार भएकामध्ये बलेफी हाइड्रोपावरको सेयरमूलय सर्वाधिक ५.७९ प्रतिशतले वृद्धि हुँदा विशाल बजार कम्पनीको सेयरमूल्य २.८६ प्रतिशतले बढेको छ । यस्तै सनराइज ब्लुचिप फण्डको इकाइमूल्य ७.१० प्रतिशतले वृद्धि हुँदा एनआईसी एशिया फ्लेक्स क्याप फण्डको इकाइमूल्य ३.७१ प्रतिशतले वृद्धि भएको छ ।

वीन नेपाल लघुवित्तको सेयरमूल्य सर्वाधिक ४.३१ प्रतिशतले गिरावट हुँदा एशियन हाइड्रोपावरको सेयरमूल्य ३.७४ प्रतिशत र मेच्छियाम हाइड्रोपवारको सेयरमूल्य २.९५ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?