+
+

रेडियो प्रसारकहरुले फिर्ता लिए संगीतकार सुरेश अधिकारीमाथिको प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १६ गते १७:१८

काठमाडौं । रेडियो प्रसारक संस्थाहरुले संगीतकार तथा रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीको सिर्जनालाई प्रतिबन्ध लगाउने यसअघिको निर्णयलाई फिर्ता लिएका छन् ।

मंगलबार संयुक्त वक्तव्य जारी गर्दै रेडियो ब्रोडकास्टर्स फोरम, ब्रोडकास्टिङ एसोसिएसन र सामुदायिक रेडियो प्रसारक संघले उक्त निर्णयलाई आजैबाट फिर्ता लिएको जनाएका छन् । सामाजिक सञ्जालमार्फत संगीतकार अधिकारीले आफ्ना विवादित अभिव्यक्ति फिर्ता लिएको र स्वतन्त्र रेडियो अभियानप्रति ऐक्यबद्धता जनाएकाले निर्णय फिर्ता लिइएको जनाइएको छ ।

‘यसका लागि उहाँप्रति सम्मानभाव प्रकट गर्दै संगीत रोयल्टी संकलन तथा वितरणलाई व्यवस्थित एवं पारदर्शी रुपमा अघि बढाउने कार्यमा सहकार्य गर्न आह्वान गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘साउन ४ गतेको बैठकबाट गरिएको संगीतकार अधिकारीका सिर्जना प्रसारण गर्न नसकिने भन्ने निर्णय आजैबाट फिर्ता लिइएको छ ।’

साथै यी तीन संस्थाले संगीत रोयल्टी तथा वितरण प्रणालीमा आवश्यक कानुनको निर्माण गरी स्रष्टाको अधिकारको सम्मान गर्न तथा एफएम रेडियोको नवीकरणमा भइरहेको अवरोध तत्काल हटाउन पनि सरकारसँग माग गरेका छन् ।

संगीतकार अधिकारीले फेसबुकमा लेखेका कुरालाई लिएर दुवै पक्षबीच सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप चलेको थियो । गत साता अधिकारीले फेसबुकमार्फत क्षमायाचना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?