+
+

संवैधानिक परिषदको बैठक विना निष्कर्ष सकियो, अर्को बैठक बिहीबार

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १६ गते १८:३८

१६ साउन, काठमाडौं । प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि मंगलबार बसेको संवैधानिक परिषदको बैठक विना निष्कर्ष टुंगिएको छ । बैठक अब बिहीबार बस्नेछ ।

बैठकमा सहभागी राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाका अनुसार, बैठकमा प्रधानन्यायाधीशमा नाम सिफारिस गर्नेबारे छलफल भए पनि निर्णय हुन सकेन ।

मंगलबारकै बैठकले अर्को बैठक आगामी बिहीबार ५ बजे बस्ने तय गरेको हो । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले २० साउनमा अनिवार्य अवकाश पाउँदैछन् । प्रधानन्यायाधीश पद रिक्त हुनु एक महिनाअघि नै संवैधानिक परिषदले अर्को नाम सिफारिस गर्नुपर्ने संविधानमा व्यवस्था छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने परिषदमा प्रमुख प्रतिपक्षी दलका नेता, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख र प्रधानन्यायाधीश रहने व्यवस्था छ । तर प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने परिषदको बैठकमा भने कानुनमन्त्री सदस्य हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?