+
+

तनहुँमा भरूवा बन्दुकले हानेर श्रीमतीको हत्या

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १७ गते ९:१४

१७ साउन, चितवन । तनहुँको व्यास नगरपालिका-५ मानुङमा भरूवा बन्दुकले हानेर श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले भरुवा बन्दुकको गोली हानेर ४७ वर्षीया श्रीमती गीता आलेको हत्या गरेका हुन् ।

मंगलबार राति ११ बजे श्रीप्रसादले आफ्नै घरमा सामान्य विवाद हुदा श्रीमतीलाई गोली हानेका थिए । गोली लागेर घाइते भएकी गीतालाई उपचारको लागि दमौली अस्पताल ल्याइएकोमा उनको राति १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।

श्रीप्रसादलाई राति नै प्रहरीले पक्राउ गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको डीएसपी खाँणले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?