+
+

धादिङको थाक्रेमा ३ वटा ट्रक ठोक्किँदा ३ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १७ गते ९:४६

१७ साउन, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ गणेश खोला पुल नजिक तीन वटा ट्रक ठोक्किँदा तीन जना घाइते भएका छन् । दुर्घटनापछि सडक एकतर्फी सन्चालनमा छ ।

काठमाडौंबाट धादिङको गजुरीतर्फ जाँदै गरेको लु २ ख २५०५ नम्बरको ट्रकले सोही दिशाबाट जाँदै गरेको ना ७ ख ७८१८ नम्बरको ट्रकलाई र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बरको ट्रकलाई गएराति १०ः४० बजे ठक्कर दिएको थियो ।

दुर्घटनामा लु २ ख २५०५ नं.को ट्रक चालक कपिलबस्तुको वाणगंगा नगरपालिका ९ बस्ने ३५ वर्षीय बिमल थापा र सहचालक २५ वर्षीय सुमन थारु तथा भारतीय नम्बरको ट्रक चालक राजस्थान बस्ने ४७ वर्षीय गिरिराज प्रसाद शर्मा घाइते भएका छन् ।

प्रहरीका अनुसार भारतीय नम्बर प्लेटका ट्रक चालकको अवस्था गम्भीर छ भने अन्यको अवस्था मध्यम छ । तीनै जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । दुर्घटनामा सकुशल रहेका ना ७ ख ७८१८ नम्बरको ट्रक चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनास्थलमा इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक डबल बहादुर बम नेतृत्वको टोली उद्धारमा खटिएको थियो ।  दुर्घटनास्थल इलाका प्रहरी कार्यालय खानीखोलाबाट अन्दाजी ४ किलोमिटर पश्चिममा पर्दछ ।

दुर्घटनापछि अवरुद्ध भएको सडक गएराति करिब १ बजेदेखि एकतर्फी खुलाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?