+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

राजदूत नियुक्ति समावेशी बनाउँछौं : परराष्ट्रमन्त्री साउद

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १७ गते १७:०२

१७ साउन, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले राजदूत नियुक्तिमा समावेशी सिद्धान्त अपनाउने बताएका छन् ।

बुधबार संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठकमा उनले सरकार सबै प्रकारका नियुक्तिहरुलाई संवैधानिक व्यवस्था अनुसार समावेशी बनाउन प्रतिबद्ध रहेको बताएका हुन् ।

‘नेपालको संविधानको मर्म र भावना अनुरुप समावेशी सिद्धान्तलाई आत्मसात् गर्दै सबै प्रकारको नियुक्तिहरु समावेशी बनाउन नेपाल सरकार प्रतिबद्ध रही आएको छ’ उनले भने, ‘यस सिद्धान्तलाई राजदूत नियुक्ति गर्दा पनि यथोचित रुपमा सम्बोधन गर्दै लैजान नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको व्यहोरा यस सम्मानित समितिसमक्ष स्पष्ट पार्न चाहन्छु ।’

मन्त्री साउदले हाल मन्त्रालयमा रहेको १७ सहसचिवहरुमध्ये ६ जना समावेशी सिद्धान्तको आधारमा छनोट भई कार्यरत रहेको पनि समितिलाई जानकारी गराए । त्यस्तै ५० उपसचिवमध्ये ३१ जना समावेशी कोटाबाट आएको उनको भनाइ छ ।

मन्त्री साउदले हाल २६ देशमा कार्यरत राजदूतमध्ये समावेशी सिद्धान्तकै आधारमा महिला ३, जनजाति ४, मधेशी १, अपांगता भएका व्यक्ति १ रहेका पनि उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?