+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बाबुराम भट्टराईले गरे सुनकोशी मरिन डाइभर्सनको अवलोकन, भने- ठूलो आर्थिक क्रान्ति सम्भव छ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १८ गते १३:३३

१८ साउन, काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय परियोजनाको अवलोकन गरेका छन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका डा. भट्टराई बागमतीका आन्तरिक मामिलामन्त्री गंगानारायण श्रेष्ठ लगायतका नेतासँग उक्त परियोजनाको अवलोकन गर्न बिहीबार सुरुङ निर्माणस्थल पुगेका थिए ।

परियोजना अवलोकनका क्रममा अध्यक्ष भट्टराईले पूर्वपश्चिम बग्ने नदी डाइभर्सन गरेर तराई मधेसमा सिंचाइ गर्न सक्दा ठूलो आर्थिक क्रान्ति सम्भव हुने बताए । उनले यस्ता युगान्तकारी परियोजनालाई उच्च महत्व दिएर अघि बढाउनुपर्नेमा जोड दिए ।

‘कालीगण्डकी, त्रिशूली, सुनकोशीजस्ता नदीको डाइभर्सन गरेर तराई मधेसमा सिंचाइ गर्न सक्दा ठूलो आर्थिक क्रान्ति सम्भव हुन सक्छ,’ उनले भने, ‘सिन्धुली र रामेछाप हुँदै बग्ने सुनकोशी नदीमा बाँध बाँधेर तराईका पाँच जिल्लामा सिंचाइ तथा ३१.७ मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य यस परियोजनाको छ ।

सिन्धुलीको खुर्कोटमा हेडवर्क निर्माण गरी १३.२ किलोमिटर सुरुङमार्फत सुनकोशी नदीको पानी मरिन नदीको किनारमा पुर्‍याउने तयारी छ।

सुरुङमार्फत ल्याएको पानीलाई सिन्धुलीको कमलामाई नगरपालिका २, कुसुमटारमा रहेको मरिन नदीको किनारमा बनाइएको ६४ मिटर अग्लो हेडमा खन्याइनेछ । त्यहाँ विद्युत उत्पादनपछि बग्ने पानी मरिन नदी हुँदै बागमतीमा पुग्नेछ । बागमती सिंचाइ आयोजनाबाट करिब १ लाख २२ हजार हेक्टर जमिनमा सिंचाइ गर्ने आयोजनाको लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?