+
+

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने निरन्तर घट्दै

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १८ गते १५:३२

१८ साउन, काठमडाौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । ७ साउनमा आएको मौद्रिक नीतिपछि लगातार घट्दो क्रममा रहेको नेप्से बुधबारदेखि भने घट्न रोकिएर सामान्य वृद्धि भएको थियो । बिहीबार पनि दिनभर उतारचढावका बीच नेप्सेमा सामान्य सुधार देखिएको हो ।

बिहीबार नेप्से ३ अंकले वृद्धि हुँदा २०८९.८४ को विन्दुमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङ सहित लघुवित्त, जीवन बीमा लगायतका उपसूचकमा सामान्य वृद्धि हुँदा विकास बैंक, वित्त कम्पनी, होटल तथा पर्यटन, हाइड्रोपावर लगायतका उपसूचकमा भने गिरावट भएको छ ।

बैंकिङ उपसूचक ०.४५ प्रतिशतले बढेको छ भने जीवन बीमा उपसूचक ०.५६ प्रतिशत र व्यापार उपसूचक सर्वाधिक १.८१ प्रतिशतले बढेको छ । यता निर्जीवन बीमा उपसूचक ०.४५ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी उपसूचक १.५२ प्रतिशत, हाइड्रोपावर उपसूचक ०.५७ प्रतिशत र होटल तथा पर्यटन उपसूचक ०.५८ प्रतिशतले गिरावट भएको छ ।

बजार परिसूचक नेप्सेको गिरावट रोकिएपनि कारोबार रकम भने निरन्तर घट्दो छ । लगातार चौथो दिन पनि कारोबार रकम २ अर्बबाट तल झर्दा बिहीबार पौने २ अर्बमा सीमित भएको हो । ४० हजार ७७४ वटा कारोबारमा ५१ लाख ३० हजार ५२० कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ७८ करोड १९ लाखको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ९ करोड २४ लाख रुपैयाँको कारोबार हुँदा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ५ करोड ५५ लाख र आईसीएफसी फाइनान्सको ५ करोड २ लाखको कारोबार भएको छ ।

बिहीबार नेप्सेमा कुल २१८ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १३० कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ७६ कम्पनीको सेयरमूल्य बढेको छ । १२ कम्पनीको सेयरमूल्य भने स्थिर छ । बिहीबार कारोबार भएकामध्ये सपोर्ट लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै एनआईबीएल ग्रोथ फण्डको इकाइमूल्य पनि १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।

यस्तै ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को इकाइमूल्य ७.८८ प्रतिशत र अभियान लघुवित्तको सेयरमूल्य ७.२३ प्रतिशतले वृद्धि भएको छ ।

प्रोग्रोसिभ फाइनान्सको सेयरमूल्य ५.१९ प्रतिशतले गिरावट हुँदा गणपति लघुवित्तको सेयरमूल्य ४.१६ प्रतिशत र कामना सेवा विकास बैंकको सेयरमूल्य ४ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?