+
+

सरकारले एसियाली विकास बैंकसँग १३ अर्ब रुपैयाँ भन्दा बढी ऋण लिने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १८ गते १८:०१

१८ साउन, काठमाडौं । नेपाल सरकारले एसियाली विकास बैंकबाट १ सय मिलियन डलर (झण्डै १३ अर्ब १३ करोड रुपैयाँ) बराबरको सहूलियतपूर्ण ऋण लिने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बैठकले सार्वजनिक वित्त व्यवस्थापन तथा सेवाको सुधारका लागि बजेटरी सहायताका रुपमा सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने सम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गरेको उनले बताइन् ।

नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरिएको मन्त्रिपरिष्द्‍को निर्णयमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?