+
+

खोकनामा द्रुतमार्ग विवाद समाधान गर्न गठित समितिको म्याद ३ महिना थप

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १८ गते १८:१९
फाइल तस्वीर

१८ साउन, काठमाडौं । सरकारले काठमाडौं–तराई द्रुतमार्ग सडक आयोजना अन्तर्गत ललितपुरको खोकनामा रहेको विवाद समाधान गर्न गठित समितिको म्याद ३ महिना थप गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले उपप्रधान तथा रक्षामन्त्री संयोजक रहने गरी ५ वैशाख २०८० मा यस्तो समिति गठन गरेको थियो । सो समितिको म्याद ३ महिना बढाउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।

स्थानीयसँगको विवादका कारण यो क्षेत्रमा आयोजनाको काम प्रभावित भएको छ । सो समय समितिलाई तीन महिनाको समय दिइएको थियो ।

खोकनाको जग्गामा रहेको लामो समयको विवाद समाधान गर्ने कार्यभार समितिको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?