+
+

गुल्मीको मालिकामा एक व्यक्ति मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १८ गते १९:०१

१८ साउन, गुल्मी ।  गुल्मीमा एक व्यति मृत फेला परेका छन् । जिल्लाको मालिका गाउँपालिका वडानम्बर ३ ह्वाङदी बस्ने ७० नन्दे बिक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी ) डिल्लीनारायण पाण्डेले बताए ।

बिक बुधबार घरबाट भतिजको घर मालिका वडानम्बर २ दर्लिङ गएर फर्किएका थिए ।

उनी घर नआइपुगेपछि खोजी गर्ने क्रममा वडानम्बर ३ दर्लिङ बाट पासे जाने  पासेखोला स्थित कच्चि मोटर बाटो बाट करिब  ३ सय मिटर तल मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?