+
+
फ्राइडे रिलिज :

हलमा लागे अदृश्य, मेज २ र टिनएज म्युटन्ट निन्जा टर्टल्स

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १९ गते १२:००

काठमाडौं । शुक्रबार नेपालमा तीन नयाँ फिल्म रिलिज भएका छन् । नेपालको क्राइम–थ्रिलर ‘अदृश्य’, हलिउडको साइन्स फिक्सन–एक्सन फिल्म ‘मेज २ : द ट्रेन्च’ र हलिउडकै एनिमेटेड सुपरहिरो फिल्म ‘टिनएज म्युटन्ट निन्जा टर्टल्स : म्युटन्ट माएम’ प्रदर्शनमा आएका छन् ।

नेपाली फिल्म ‘अदृश्य’मा प्रमोद अग्रहरि, सोहित मानन्धर, रिस्ता बस्नेत र छुल्ठिम गुरुङको अभिनय छ । एक घण्टा ३६ मिनेट लामो यो फिल्मले सुकुम्बासी बस्तीकी १३ वर्षीया बालिकामाथि भएको बलात्कारको कथावस्तु पेश गर्छ ।

फिल्मको कथावस्तु नै उक्त घटना वरपर घुमेको छ । एक युवकले बालिकालाई बलात्कार गरेपछि दोषी पत्ता लगाउनेबारे फिल्मको कथा घुम्छ । प्रल्हाद काफ्ले निर्देशित यो फिल्ममा बाल मनोविज्ञान र सामाजिक सन्देशको कथावस्तु समावेश छ ।

जेसन स्थाथम र ऊ जिङ स्टारर ‘मेज २ : द ट्रेन्च’लाई बेन हिवट्लीले निर्देशन गरेका हुन् । यो फिल्म सन् १९९९ मा स्टिभन एल्टनले लेखेको उपन्यास ‘द ट्रेन्च’मा आधारित छ । यो फिल्मले अघिल्लो भागमा जस्तै वैज्ञानिकको समूहलाई पछ्याउँछ, जसले टाइटुलर र मेगालोडोन्सलाई भनिने मिसनलाई अघि बढाउनुपर्छ ।

जब एक द्वेषपूर्ण खानी सञ्चालकले उनीहरूको मिसनलाई खतरामा पार्छन्, त्यसपछि यसलाई रोक्न वैज्ञानिकको समूह बाँच्नका लागि लड्न बाध्य हुनुपर्छ । एक घण्टा ५६ मिनेट लामो यो फिल्मलाई हलिउड स्टुडियो वार्नर ब्रदर्सले विश्वव्यापी वितरण गरेको छ ।

हलिउडकै एनिमेटेड सुपरहिरो फिल्म ‘टिनएज म्युटन्ट निन्जा टर्टल्स : म्युटन्ट माएम’ पनि शुक्रबारदेखि हलमा रिलिज भएको छ । जेफ रवि निर्देशित यो फिल्म टिनेन्ट म्युटन्ट निन्जा टर्टल्सको सातौं श्रृंखला हो । फिल्ममा मानव संसारले जब कछुवालाई घरपालुवाजस्तै सामान्य रुपमा स्वीकार्न तयार छन्, तर एक रहस्यमय सिन्डिकेटको अपराधको खोजीमा अघि बढ्दा समस्या उत्पन्न हुन्छ । अनि कछुवाको अर्को प्रजापतिले उनीहरुमाथि युद्ध छेड्छ । कछुवा र निन्जाको यो चर्चित श्रृंखलाको नियमित दर्शक हुनुहुन्छ भने तपाईंलाई यो फिल्म रुचिकर हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?