+
+

काठमाडौं आइपुगेका बलिउड गायक जावेद अली ढाकाटोपीमा सजिए

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १९ गते १२:०८

काठमाडौं । सांगीतिक प्रस्तुतिका लागि चर्चित बलिउड गायक जावेद अली बिहीबार बेलुका काठमाडौं आइपुगेका छन् । उनले शुक्रबार सोल्टी होटलको प्रिभे क्लबमा कन्सर्ट गर्ने कार्यक्रम छ ।

नेपाल आउनेबित्तिकै आयोजकले उनलाई नेपाली ढाकाटोपी लगाइदिएर स्वागत गरेका थिए । आफ्नो पहिलो नेपाल भ्रमणमा उनले आफ्ना चिरपरिचित गीतहरु नेपाली फ्यानसमक्ष प्रस्तुत गर्ने तयारी गरेका छन् ।

गत बिहीबार एक भिडियो सन्देश जारी गर्दै गायक अलीले आफ्नो कन्सर्टमा प्रस्तुत दिन नेपाली प्रशंसकलाई अपील गरेका थिए ।

दक्षिण भारतीय फिल्म ‘पुष्पा’मा समावेश गीत ‘श्रीवाली’ उनको पछिल्लो हिट गीत हो । यसबाहेक ‘तेरी झलक असर्फी’, फिल्मम तुम मिलेको ‘तु ही हकिकत’, बजरंगी भाइजानको ‘तु जो मिला’, कजरा रे, गलत बात हे, गुजारिस, तुम मिले, अर्जिया, गले लग जा, आओ जाओ मेरी तमन्ना, दिवाना कर रहा हे लगायत दर्जनौं हिट गीत उनको नाममा छन् ।

अर्का चर्चित बलिउड गायक अरिजित सिंहको पनि आगामी नोभेम्बर २५ मा काठमाडौंमा कन्सर्ट हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?