
२२ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी’ नाम तीन महिने अभियान चलाउने भएको छ ।
विशेष रुपान्तरण अभियान नाम दिइएको अभियानको १६ भदौमा ६ हजार ७४३ वटै वडामा एकसाथ उद्घाटन हुनेछ । अभियानको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डिजिटल माध्यमबाट एकसाथ सम्बोधन गर्नेछन् ।
अभियानका क्रममा सबै नेता वडा तहसम्म जानुपर्ने अध्यक्ष प्रचण्डले बताएका छन् । ‘गत २ महिना अभियान परिणामको आशा गरेर होइन, पठाइदिउन त भनेर हो’ केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘अब ३ महिना त्यस्तो होइन । म आफैं ७ प्रदेशको ७ वटा वडामा जान्छु, सबै जाने हो ।’
उनले सात प्रदेशका इन्चार्जहरु समेत हेरफेर गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4