+
+

आँखा पाक्ने संक्रमण बढेपछि गढवा गाउँपालिकाका विद्यालय एक हप्ता बन्द

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २१ गते १९:४०

२१ साउन, दाङ । आँखा पाक्ने संक्रमण बढेपछि दाङको गढवा गाउँपालिकाका विद्यालय एक साताका लागि बन्द गरिएको छ ।

गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै बालबालिकामा आँखा चिलाउने, रातो हुने तथा आँखा पाक्ने समस्या बढ्दै गएको भन्दै विद्यालय बन्द जानकारी गरएको हो ।

विद्यार्थीमा आँखा पाक्ने रोगको संक्रमण फैलन सक्ने भन्दै साउन २८ गतेसम्मका विद्यालय बन्द गरिएको गाउँपालिकाका शिक्षा अधिकृत श्यामबहादुर बिक जानकारी दिए ।

दाङमा पछिल्लो केही समय यता आँखा पाक्ने संक्रमण बढ्दो छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?