+
+

भक्तपुर पनि डुबानमा, चाँगुनारायणमा एउटा घर भत्कियो

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २३ गते १०:१५

२३ साउन, काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिकामा पहिरोले एउटा  घर भत्किएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर १ मा बीरबहादुर केसीको चार कोठे घर भत्किएको हो ।

घर पछाडिको ढिस्को खस्दा जस्ताले छाएको एक तले घर पूर्णरुपमा क्षतिग्रस्त भएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिए । उनका अनुसार पहिरोले मानवीय क्षति भने भएको छैन ।

सो स्थानमा सशस्त्र प्रहरीको दुवाकोट गण र नेपाल प्रहरीको दुवाकोट अस्थायी प्रहरी पोष्टबाट उद्धार टोली खटिएको छ ।

वर्षाले भक्तपुरका विभिन्न स्थानमा डुबानसमेत भएको छ । बाराहीस्थान, सिद्धी स्मृति अस्पताल लगायतका क्षेत्र डुबानमा परेका हुन् । धान खेत पनि डुबानमा परेका छन् । तर उद्धार गर्नुपर्ने अवस्था भने अझै नरहेको प्रहरी परिसर भक्तपुरका प्रवक्ता पाठकले बताए । ‘हनुमन्ते लगायतका खोलाहरुको बहाव उल्लेख्य बढेको छ, तर अहिलेसम्म उद्धार गर्नुपर्ने स्थिति रहेको जानकारीमा आएको छैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?