+
+

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइँदै

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २३ गते १०:०२

२३ साउन, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्दै छ । आज बिहान ११ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकले श्रेष्ठविरुद्ध उजुरी आह्वान गर्ने छ ।

समिति उपसचिव विमला घिमिरेले आजको बैठकले प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने बताइन् ।

साउन १८ गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।

समितिले संसदीय सुनुवाइ प्रक्रिया पूरा गरी नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?