+
+
Shares

प्रधानन्यायाधीशकै नाममा नक्कली एक्स अकाउन्ट

सचिवालयले भन्यो- प्रधानन्यायाधीशको कुनै अकाउन्ट छैन

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ११ गते १८:३८

११ फागुन, काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको निजी सचिवालयले उनको कुनै एक्स अकाउन्ट नभएको प्रष्टीकरण दिएको छ ।

आइतबार अपरान्ह विज्ञप्ति जारी गरी राउतको निजी सचिवालयले प्रधानन्यायाधीशको नाम र फोटो प्रयोग गरिएको अकाउन्ट प्रधानन्यायाधीशसँग सम्बन्धित नभएको स्पष्ट पारेको हो ।

प्रधानन्यायाधीश राउतकै फोटो प्रयोग गरी ‘मिस्टर प्रकाश नेपाल’ नाममा अकाउन्ट खोलिएको भन्दै प्रधानन्यायाधीशको सचिवालयले त्यसलाई भ्रामक भनेको हो । उक्त अकाउन्ट सुप्रिमकोटएनपी को नामबाट सञ्चालित थियो ।

विज्ञप्तिमा भनिएको छ, ‘हुँदै नभएको, कपोकल्पित र भ्रमात्मक विषयवस्तु ट्वीट एवं शेयर गरी सर्वोच्च अदालतको गरीमा र मर्यादा घटाउने तथा सम्माननीय प्रधान न्यायाधीशज्यूको व्यक्तित्वमा क्षयीकरण गराई न्यायपालिकाप्रति भ्रम सिर्जना गर्ने दुष्प्रयास गरेकोले सो ट्वीटमा उल्लेख भएको झुट्ठो व्यहोरा प्रति विश्वास नगर्न सर्वसाधारण सबैमा अनुरोध गरिएको छ ।’

प्रधानन्यायाधीशको सचिवालयले उक्त खाता खोल्ने काममा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन अनुसन्धान गर्ने निकायलाई निर्देशन दिएको जनाएको छ ।

यसै महिना प्रधानन्यायाधीशको नामबाट खोलिएको अकाउन्टबाट १० दिनअघिदेखि विभिन्न सामग्री पोस्ट एवं शेयर हुँदै आएको थियो । ६८ वटा विषयवस्तु पोष्ट भएको उक्त खातामा झण्डै १२ हजार फलोअर छन् ।

कतिपय अनलाइनहरूले प्रधानन्यायाधीशको एक्स अकाउन्ट ह्याक भएको भनी समाचार प्रकाशित गरेपछि प्रधानन्यायाधीशको सचिवालयले विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?