+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
Biartnagar Kings won by 6 wickets
Won विराटनगर किंग्स 2025
150/4 (11.5)
Shares

प्रधानन्यायाधीशको प्रश्न : कागजविहीन अदालतको यात्रामा अघि बढ्न तपाईंहरू तयार हो ?

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १२ गते १२:३३
Photo Credit : News Agency Nepal

१२ चैत, काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले कागजविहीन अदालतको यात्रामा सर्वोच्च अदालत अघि बढिसकेको बताएका छन् ।

मंगलबार सर्वोच्च अदालतबाट सातै प्रदेशमा रहेका मुख्य न्यायाधिवक्ताको कार्यालयहरूलाई दिइने पेशीको सूचना पठाउने अनलाइन प्रणाली तथा जिल्ला अदालतहरूको विशेष प्रकृतिको निवेदन दर्ता तथा व्यवस्थापन गर्ने अनलाइन प्रणालीको शुभारम्भ गर्दै प्रधानन्यायाधीश राउतले उक्त कुरा बताएका हुन् ।

उनले कागजविहीन अदालतको यात्रामा अघि बढ्ने कुरामा वकील, न्यायाधीश, कानुन व्यवसायी सबैलाई तयार हुन आग्रह गरे । उनले प्रश्न गरे, ‘हामी पेपरलेस कोर्टको यात्रामा गएको छौँ । प्रश्न कहाँनेर छ भने त्यसको लागि विद्वान कानुन व्यवसायी, सरकारी वकिल साथीहरू र हामी अदालतका सबै तयार भएका हौँ कि होइनौं ? ‘

प्रधानन्यायाधीश राउतले अब पनि ढिलो भयो भने फेरि न्यायिक सुधार हुन नसक्ने जिकिर गरे । ‘अब पनि ढिलो भयो भने फेरि न्यायिक सुधार हुँदैन । यो बटमलाइन हो’ उनले भने, ‘हामीले न्यायिक सुधार गर्नैपर्ने भएको छ । न्यायिक सुधार गर्ने आधार र माध्यम धेरै होलान् तर, एउटा माध्यम प्रविधिमार्फत हुने सुधार हो ।’

प्रविधिले दिगो, पारदर्शी र विश्वसनीय बनाउन मद्दत पुग्नुका साथै अनियमितता, विकृति र विसंगति हटाउने उनले बताए । प्रविधिगत सुधारले न्यायिक सुधारलाई सघाउने र जसरी भए पनि यस्तो सुधार गर्नैपर्नेमा उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?