+
+

गौरव र नम्रताको ‘नम्बरी सुन’को रिलिज सर्‍यो, अब माघ १९ मा आउने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २३ गते १७:१५

काठमाडौं । गौरव पहारी र नम्रता सापकोटाको शीर्ष भूमिका रहेको फिल्म ‘नम्बरी सुन’को पूर्वनिर्धारित रिलिज मिति सरेको छ । यसअघि भदौ १ गतेलाई रिलिज हुने भनिएको फिल्म सरेर माघ १९ गते पुगेको छ ।

अहिले देशभित्र विभिन्न सहरमा च्यारिटी शो भइरहेको र विदेशमा पनि कार्यक्रम बाँकी रहेकाले रिलिज मिति पछि सारिएको निर्माता सरोज खातीले अनलाइनखबरलाई जानकारी दिए । ‘अरु केही कारण त होइन, अष्ट्रेलियालगायत देशमा च्यारिटी र विशेष शो गर्ने कार्यक्रम बाँकी रहेकाले माघमा रिलिज गर्ने निर्णय गरेका हौं,’ उनले भने ।

निर्माण पक्षले मंगलबार नयाँ मितिसहितको पोस्टरसमेत सार्वजनिक गरेको छ ।

नारायण खाती प्रस्तुतकर्ता रहेको फिल्ममा गौरव र नम्रताका साथै सरोज खनाल, गौरव दर्पण, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बास्तोला, गीता अधिकारीलगायतले अभिनय गरेका छन् ।

सुवर्ण शिवांश फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा सरोज खाती, सविन खाती र मनोज रिजाल निर्माता छन् । फिल्मको छायांकन लमजुङको भुजुङ खोला, हेटौंडा र काठमाडौंकम गरिएको हो ।

फिल्ममा दिव्य सुवेदीको छायांकन, गौतमराज खड्काको सम्पादन, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछानेको नृत्य, समीर मियाँको भीएफएक्स र देव महर्जनको द्वन्द्व निर्देशन छ ।

फिल्मलाई काठमाडौं उपत्यकामा जीजीए ग्रुप र उपत्यकाबाहिर एफडी कम्पनीले वितरण गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?