+
+

प्रतिपक्षले डिस्टर्ब मात्र गर्ने होइन, सरकारलाई धन्यवाद दिनुपर्छ : देवेन्द्र पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २३ गते १७:२५

२३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले राज्यका स्थापित निकायको काममाथि अविश्वास नगर्न प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सुन तस्करी प्रकरणमा राज्यका स्थापित निकायले अनुसन्धान गरिरहेकाले त्यसलाई सहयोग गर्नुपर्ने बताए ।

‘नेपाल सरकारले निष्पक्षतापूर्वक संविधानमा व्यवस्था गरिरएका निकायहरुलाई सक्रिय बनाएर भ्रष्टाचार अनियमिततामा छानबिन अगाडि बढाइरहेको छ । प्रतिपक्षले सरकारलाई धन्यवाद दिनुपर्छ, नपुगेका कुरालाई रचनात्मक सुझाव दिनुपर्छ’ उनले भने ।

प्रतिपक्षले जे कुरामा पनि डिस्टर्ब मात्र गर्न नहुने भन्दै उनले सुन तस्करी प्रकरणमा एमालेले सरकारलाई धन्यवाद दिनुपर्ने बताए ।

‘सबै कुरामा डिस्टर्ब गरियो भने राज्य चल्न सक्दैन, प्रतिपक्ष भनेको वेटिङ इन गभर्मेन्ट पनि हो, अर्को पटक सरकारमा तपाईहरु आउनुहुन्छ । अहिले छानबिन गरिरहेका निकायलाई तपाईंले प्रश्न गर्नुभयो भने भोलि सरकारमा आउनुभयो भने के भन्नुहुन्छ ?’ पौडेलले प्रश्न गरे ।

सांसद पौडेलले सुन तस्करी प्रकरणमा राज्यकै निकायबाट अनुसन्धान अगाडि बढाउन दिन र चित्त नबुझे पछि प्रश्न उठाउन एमालेलाई आग्रह गरे ।

‘जुन ठाउँबाट छानबिन भएको छ, त्यो छानबिनको प्रक्रियालाई निश्कर्षमा पुर्‍याउन दिऔं, त्यसपछि चित्त बुझेन भने यहाँहरुले प्रश्न उठाउन सक्नुहुन्छ । प्रक्रिया अगाडि बढिरहेका बेला बीचमै प्रश्न गरेर विषयान्तर गर्ने काम नगर्नका निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु’ उनले भने ।

उनले प्रश्न गरे, ‘एउटा सर्जनले थिएटरभित्र बिरामीको अपरेशन गरिरहेका बेला अर्को डाक्टर ढोका फोडेर गयो भने के होला ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?