+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

रविलाई गृहमन्त्रीको प्रतिप्रश्न : पहिला सरकार चलाउँदा त्यसो गर्ने गरिएको थियो र ?

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २३ गते १८:१८

२३ साउन, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेपमार्फत सुन तस्करीमा तथ्य प्रमाणले दोषी देखिएका कसैलाई नछाड्ने बताएका छन् ।

सांसदहरुले उठाएको प्रश्नको मंगलबार संसदमा जवाफ दिने क्रममा उनले माओवादी वा जुन सुकै दलको भए पनि दोषीलाई नछाड्ने बताए ।

पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भेपको फाइल गृहमन्त्रीकै टेबलमा भन्दै प्रश्न गरेका थिए ।

गृहमन्त्री श्रेष्ठले लामिछानेलाई नै प्रतिप्रश्न गरे । ‘मेरो मित्रले भेपको फाइल त गृहमन्त्रीको टेबलमा छ नि भन्नुभयो’, उनले अघि भने, ‘होइन, पहिला सरकार चलाउँदा त्यसो गर्ने गरिएको थियो र ? सीआईबीले गरेको अनुसन्धान पहिले मेरो टेबलमा ल्याऊ, अनि मैले जे भन्छु, त्यो गर भन्ने चलन थियो र ?’

‘हामी त त्यसो गर्दैनौं’ उनले भने ।

सीआईलाई अनुसन्धान गर्न र जे तथ्य प्रमाणले देखाउँछ, त्यसको आधारमा अभियोजन प्रक्रियामा जान भनेको उनले बताए । ‘को मान्छेलाई तान्ने, को मान्छेलाई छुट दिन निर्देशन दिने हामी होइनौं’ गृहमन्त्री श्रेष्ठले अघि भने, ‘हामी कानुनलाई लागू गर्छौं, कानुन लागू गर्ने संस्थालाई अनुसन्धान गर्न दिन्छौं र, प्रमाणका आधारमा अगाडि बढौं ।’

‘अहिले पनि भन्छु कि माओवादी वा कुनै पार्टी होस्, अनुसन्धान, तथ्य प्रमाणले दोषी देआउँछ भने कोही छुट्ने बाला छैनन्’, उनले भने ।

अनुसन्धानले देखाएर नआउँदासम्म प्रश्नहरु उठ्न सक्ने, तर अनुसन्धान र तथ्य प्रमाणले दोषी देखाएका कसैलाई नछाड्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?