+
+

गृहमन्त्रीले हात जोडेर भने : ३५ दिन सीआईबीलाई विश्वास गरौं

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २३ गते १८:३९

२३ साउन, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ३५ दिनसम्म नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) लाई विश्वास गर्न आग्रह गरेका छन् ।

एक क्विन्टल सुन प्रकरणमा सांसदहरुले उठाएका प्रश्नको मंगलबार संसदमा जवाफ दिने क्रममा गृमहमन्त्री श्रेष्ठले विगतमा संसदीय वा अर्को समिति बनाएर हेरिएको बताए । ७९९९ किलो सुन भित्रिएको भनिएपनि १ तोला सुन समेत पत्ता लगाएको भन्दै उनले राज्यको संयन्त्रलाई जिम्मा दिनुपर्ने बताए ।

संगठित अपराधमा अनुसन्धानका लागि जम्मा ६० दिन समय हुने भन्दै उनले त्यसमध्ये २० दिन राजश्व अनुसन्धान विभागले लिएको बताए । बाँकी ४० दिनमध्ये ५ दिन सरकारी वकिललाई चाहिने भन्दै उनले भने, ‘सीआईबीले ३५ दिन काम गर्न पाउँछ । यो समयमा उसले नेक्सस पत्ता लगाउँछ र दोषीहरुलाई कारबाहीको दायरामा ल्याउनसक्छ भन्ने हामीलाई विश्वास छ ।’

अपराधी लुकाउने दुर्नियत देखा पर्‍यो भने नयाँ शिराबाट बहस गर्नु उपयुक्त हुने भन्दै उनले हात जोडेर भने, ‘यसलाई डिरेल गर्न नगरौं, प्लिज ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?