+
+

कञ्चनपुरमा प्रहरी जवानमाथि कुटपिट

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २३ गते २०:३९

२३ साउन, धनगढी । कञ्चनपुरको पुनर्बासमा सोमबार राति प्रहरी कर्मचारीमाथि कुटपिट भएको छ । पुनर्बास नगरपालिका–११ को टाउके बजारमा प्रहरी जवान रञ्जित साउदमाथि कुटपिट भएको हो ।

मोटरसाइकलको लाइसेन्स र ब्लुबुक चेकजाँच गर्न लागेका बेला स्थानीय युवाहरुले कुटपिट गरेका हुन् । पुनर्बास नगरपालिका–११ का वडाध्यक्ष तुुलसी अर्यालले साउदले स्थानीयको युवालाई सडकमा उतारेर प्रहरीको पोशाकबिना सवारीसाधन चेकजाँच गरेर दुःख दिन थालेपछि आक्रोशित स्थानीयले कुटपिट गरेको बताए ।

‘स्थानीयले टाउके बजारमा बर्दी बिनाको प्रहरीले सवारी साधन चेकजाँच गर्दै दुःख दिन थालेको छ भनेर खबर गरेपछि म पनि त्यहाँ पुगेको थिएँ’, अर्यालले भने, ‘आक्रोशित स्थानीयले प्रहरी जवान साउदमाथि कुटपिट गरेपछि उनी त्यहाँबाट भागेका हुन् ।’

प्रहरीले भने यो घटनाबारे थाहा नभएको दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कमल थापाले घटनाबारे तल्लो तहको प्रहरी युनिटबाट जिल्लामा रिपोर्टिङ नभएको दाबी गरे ।

सुदूूरपश्चिम प्रदेश प्रहरी कार्यालयले पनि घटनाबारे अनभिज्ञता प्रकट गरेको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) प्रज्वल महर्जनले घटनाबारे जानकारी नभएको बताउँदै बुझेर प्रतिक्रिया दिने बताएका छन् ।

स्रोतका अनुसार प्रहरी जवान साउद डीआईजी भरत बोहराका नातेदार हुन् । बैतडीमा कार्यरत साउँदलाई डीआईजी बोहराले नै धनगढी सरुवा गरेर क्षेत्रीय अनुसन्धान समूह (आरआईटी) मा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?