+
+

विराटनगरका कापी उद्योगीको शव सिरहामा  भेटियो

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २४ गते १२:०४

२४ साउन, विराटनगर ।  मार्केटिङका लागि सिरहा पुगेका विराटनगरका कापी उद्योगी मृत फेला परेका छन् । विराटनगरस्थित पाथीभरा कापी उद्योगका सञ्चालक २८ वर्षीय सिद्धान्त भट्टराई  अर्धनग्न अवस्थामा मृत फेला परेका हुन् ।

उनी मंगलबार कापीको मार्केटिङका लागि गएका थिए । बुधबार सिरहाको मिर्चैया नगरपालिका ५ कटारी चोकस्थित शम्भु होटलको पछाडि उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

मृतक भट्टराई विराटनगर महानगरपालिका १० का बासिन्दा हुन् ।  जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक  टेकुनन्द इवा लिम्बुका अनुसार भट्टराई मृत भेटिएपछि अनुसन्धानका लागि शम्भु होटल सञ्चालक बाबु छोरा अनुसन्धानका लागि नियन्त्रणमा छन् ।

भट्टराई मंगलबार बेलुका को १ च ९१७२  नम्बरको पिकअप जिपमा कापीको मार्केटिङ् गर्दै चालक सागर राईसँग सहदेव होटलमा बास बस्न पुगेका थिए ।  सो होटलमा खानपिन पछि राति करिब ११ बजे भट्टराई नजिकै रहेको शम्भु होटल पुगेका थिए । चालक भने सुत्न कोठा गएका थिए ।

राति पौने ११ बजेतिर  शम्भु होटलमा पुगेर भट्टराईले वियर मागेर खाएपछि शौचालय जान भनेर हिँडेको तर नफर्किएपछि  खोजी  गर्दा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक लिम्बुका अनुसार  मृतकको टाउको र छातीमा सामान्य चोट जस्तो देखिन्छ । मृतकले वान्ता पनि गरेका कारण पोष्टमार्टम पछि थप विवरण खुल्ने उनले बताए । ‘घटनाको सबै कोण अनुसन्धान गरिरहेका छौं,’  उनले भने, ‘घटना हुँदा शम्भु  होटलमा सञ्चालक बाबु छोरा मात्रै  रहेको देखिन्छ, अनुसन्धानका लागि दुवै जनालाई नियन्त्रणमा लिएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?