+
+
Shares

मनमैजुमा आफ्नै कोठामा मृत फेला परिन् एक महिला

गोरखाको धार्चे गाउँपालिका–४ घर भई मनमैजु फूलबारी बस्दै आएकी ६५ वर्षीया बिसानी गुरुङ मृत फेला परेकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २८ गते १३:२०

२८ फागुन, काठमाडौं । तार्केश्वर नगरपालिका–१० मनमैजु फूलबारी टोलमा एक महिला मृत फेला परेकी छन् ।

गोरखाको धार्चे गाउँपालिका–४ घर भई मनमैजु फूलबारी बस्दै आएकी ६५ वर्षीया बिसानी गुरुङ मृत फेला परेकी हुन् ।

उनी आफ्नै कोठाभित्र सुतिरहेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।

घटनाको जानकारी पाउनासाथ प्रहरी वृत्त बालाजुबाट प्रहरी निरीक्षकको कमान्डमा टोली घटनास्थलमा खटिएको थियो । शवको मुचुल्का पछि पोस्टमार्टमका लागि शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?